आममाफी अस्वीकार्य, अध्यागमन सुधारमा डेमोक्र्याटसँग सहकार्य गर्न ट्रम्प प्रशासन तयार

हिमाल प्रेस २४ कार्तिक २०८३ १७:३० | Tuesday, November 10, 2026
आममाफी अस्वीकार्य, अध्यागमन सुधारमा डेमोक्र्याटसँग सहकार्य गर्न ट्रम्प प्रशासन तयार अमेरिकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिन

काठमाडौँ- अमेरिकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल्स (डाका) का लाभार्थीहरूलाई स्थायी कानुनी हैसियत दिने सम्भावनाबारे छलफल गर्न आफू खुला रहेको बताएका छन्। तर उनले कुनै पनि प्रकारको आममाफीलाई अस्वीकार गर्दै प्रशासनको कार्यान्वयन नीति परिवर्तन नहुने बताए।

मेरील्यान्डको नेसनल हार्बरमा आयोजित काउन्टर-ड्रोन सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मुलिनले भनेको समाचार अमेरिकी सञ्चार माध्यमहरुले चासोका साथ प्रशारण गरेका छन्।

‘धेरै डेमोक्र्याटिक सांसदहरूले नयाँ कांग्रेसमा अध्यागमन विधेयकमा सँगै काम गर्न सम्पर्क गरेका छन्। मैले राष्ट्रपतिलाई त्यसबारेमा जानकारी गराएको छु र राष्ट्रपतिले उनीहरूसँग काम सुरु गरौँ र कुनै विन्दुमा भेटौँ भन्नुभएको छ,’ मुलिनले भने।

नीतिकै संशोधनबारे राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुनै छलफल नभएको उनको भनाइ छ। नीति परिवर्तनको केही कुरा भएको छ या छैन भन्ने प्रश्नम मुलिनले भने,‘हामीले त्यस्तो संवाद गरेका छैनौँ। आममाफी कहिल्यै समाधान हुन सक्दैन। हामी कहिल्यै आममाफी हुन दिने छैनौँ। यो पूर्ण रोक हो।’

डाकाबारे भने उनले केही लचिलो संकेत दिए। ‘यदि हामी अध्यागमन सुधारमार्फत डाकाका व्यक्तिहरू कसरी स्थायी बासिन्दा वा सोसरह बन्न सक्छन् भन्ने बाटो खोज्छौँ भने त्यो निर्णय कांग्रेसकै हातमा हुनेछ। म कुनै पनि कुरामा कुरा गर्न खुला छु,’ मुलिनले भने।

उक्त अभिव्यक्ति मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले दुवै सदन गुमाएपछि आएको हो। ट्रम्पले एक घण्टाको अन्तर्वार्तामा आफ्नो देशनिकाला नीति अति कडा भएको स्वीकार गर्दै डेमोक्र्याटसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए। तर, त्यसै समयमा उनले कठोर अध्यागमन नीतिका प्रमुख योजनाकार स्टेफन मिलरलाई ह्वाइट हाउस चिफ अफ स्टाफ नियुक्त गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १७:३० | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast