बुटवलमा ६ करोड लगानीमा ‘ड्याडिज केक प्रिमियम बेकरी’ सञ्चालनमा

हिमाल प्रेस २४ कार्तिक २०८३ १६:०८ | Tuesday, November 10, 2026
बुटवलमा ६ करोड लगानीमा ‘ड्याडिज केक प्रिमियम बेकरी’ सञ्चालनमा

बुटवल- ‘कायापलट ल्याउँछौँ स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौँ’ भन्ने नारासहित अघि बढिरहेको ड्याडिज ग्रुपले बुटवलमा ‘ड्याडिज केक प्रिमियम बेकरी’ सञ्चालनमा ल्याएको छ। युवा उद्यमी कमलजंग कुँवरको करिब ६ करोड रुपैयाँ लगानीमा बुटवलको कालिकानगरमा बेकरी सञ्चालनमा आएको हो।

फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजन गर्दै बेकरीले विभिन्न प्रकारका गुणस्तरीय उत्पादन बजारमा ल्याएको छ। बेकरीको सफ्ट लन्च गरिएको सञ्चालक कुँवरले जानकारी दिए।

उत्पादनको गुणस्तर र स्वाद कायम राख्न आधुनिक इटालियन बेकरी मेसिनरी तथा उपकरण प्रयोग गरिएको कुँवरले बताए। उनका अनुसार फ्रेन्च बेकरीमा प्रयोग हुने टी-४५ र टी-५५ ग्रेडका पीठो तथा अन्य उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरिँदै आएको छ।

बेकरी सञ्चालनबाट हाल ६० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय बेकरी व्यवसायी तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले आफ्नै अनुसन्धान तथा विकास (आर एन्ड डी) टोलीसमेत गठन गरेको छ। उक्त टोलीमार्फत उत्पादनको स्वाद, गुणस्तर र बनावटमा निरन्तर सुधार गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आगामी एक वर्षभित्र रुपन्देही जिल्लामा १८ वटा मिनी आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। त्यसैगरी पोखरा र काठमाडौँमा समेत सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक कुँवरले बताए। निकट भविष्यमै ग्राहकलाई २४ सै घण्टा सेवा उपलब्ध गराउने तयारीसमेत कम्पनीले गरेको छ।

ड्याडिज ग्रुपले आगामी दिनमा विदेशमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। ग्रुपले बेकरी व्यवसायका अतिरिक्त रेस्टुरेन्ट, अटोमोबाइल र रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १६:०८ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast