डोजर आतंक बन्द गर्न माग गर्दै बुटवलमा भूमिहीनको प्रदर्शन (तस्बिरहरू)

हिमाल प्रेस ३ जेठ २०८३ १५:५६ | Sunday, May 17, 2026
12
SHARES
डोजर आतंक बन्द गर्न माग गर्दै बुटवलमा भूमिहीनको प्रदर्शन (तस्बिरहरू)

बुटवल- वैकल्पिक बसोबासको व्यवस्था नगरी डोजर चलाएर आतंक नमच्चाउन माग गर्दै भूमिहीन सुकुम्बासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो। प्रदर्शनकारीहरू मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेका थिए।

ट्राफिकचोकमा पुगेर आयोजित सभामा सहभागीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका थिए।

उनीहरूले राज्यले भूमिहीन तथा सुकुम्बासीहरूको समस्या समाधानका लागि दीर्घकालीन नीति ल्याउनुपर्ने बताएका छन्।

प्रकाशित: ३ जेठ २०८३ १५:५६ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast