तिनाउको बाढीले बुटवलमा ५ घर बगायो, ९ सयलाई सुरक्षित स्थानमा सारियो (तस्बिरहरू)

विनोद परियार ११ असोज २०८३ १०:३४ | Sunday, September 27, 2026
12
SHARES
तिनाउको बाढीले बुटवलमा ५ घर बगायो, ९ सयलाई सुरक्षित स्थानमा सारियो (तस्बिरहरू)

बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रमा पाँच घर बगाएको छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।

राति करिब १२:४५ बजे आएको बाढीले सकिल मिया, नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बनियाको घर बगाएको हो। बाढीले दुईवटा खाली घडेरीसमेत कटान गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ९ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

तिनाउ नदीको जलसतह अझै उच्च रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

हाल नदीको जलसतह उच्च अवस्थामै रहेको छ भने नदी किनारका स्थानीयले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका छन्।

 

प्रकाशित: ११ असोज २०८३ १०:३४ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast