बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ४९ जनाको उद्धार

हिमाल प्रेस २५ असोज २०८३ १५:२२ | Sunday, October 11, 2026
12
SHARES
बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ४९ जनाको उद्धार

काठमाडौँ- गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४९ जनाको उद्धार गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार दिउँसो ३ बजे उपलब्ध गराएको विवरणअनुसार, सेनाले एमआई-१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावितको उद्धार गरेको हो।

उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म शिशुसहित ४ जना, यारुबाट हुल्चुकसम्म बालक दुई जना र एक विदेशी नागरिकसहित १५ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ।

त्यसैगरी, हुल्चुकबाट फिलिमसम्म एक जना, नाम्रुङबाट फिलिमसम्म दुई जना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौ जना र पायुँबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये एक जना शिशु, दुई जना बालक र एक जना विदेशी नागरिक छन्।

नेपाली सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ।

प्रकाशित: २५ असोज २०८३ १५:२२ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast