प्रज्ञा प्रतिष्ठान नियमावलीको मस्यौदा सार्वजनिक, सात दिनभित्र सुझाव दिन आग्रह

हिमाल प्रेस ९ मंसिर २०८३ २०:०२ | Wednesday, November 25, 2026
प्रज्ञा प्रतिष्ठान नियमावलीको मस्यौदा सार्वजनिक, सात दिनभित्र सुझाव दिन आग्रह

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान ऐन, २०८३ को दफा ५० ले दिएको अधिकार प्रयोग गर्दै नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान नियमावली, २०८३ को मस्यौदा तयार गरेको छ।

मन्त्रालयले उक्त नियमावलीको मस्यौदा आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव तथा परामर्श माग गरेको हो। मस्यौदामाथि सुझाव दिनका लागि मन्त्रालयले सात दिनको समय उपलब्ध गराएको छ।

राय तथा सुझाव मन्त्रालयको वेबसाइटमा उपलब्ध मस्यौदाको प्रस्तावित व्यवस्था, नियम तथा उपनियमका सम्बन्धमा निर्धारित ढाँचामा उल्लेख गरी info\@mosti.gov.np र m.secretariat\@mosti.gov.np इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमावलीको मस्यौदा www\.mosti.gov.np मा उपलब्ध छ। सरोकारवाला तथा सर्वसाधारणबाट प्राप्त सुझावलाई मस्यौदा परिमार्जनका क्रममा समेट्ने उद्देश्यले राय माग गरिएको हो।

प्रकाशित: ९ मंसिर २०८३ २०:०२ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast