परराष्ट्रमन्त्री खनाल र युनिसेफ क्षेत्रीय निर्देशकबीच शिष्टाचार भेट

हिमाल प्रेस ९ मंसिर २०८३ २०:३१ | Wednesday, November 25, 2026
परराष्ट्रमन्त्री खनाल र युनिसेफ क्षेत्रीय निर्देशकबीच शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

प्रकाशित: ९ मंसिर २०८३ २०:३१ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast