झापामा २५ लाख बढी मूल्यका भारतीय फूल बरामद गरी नष्ट

हिमाल प्रेस २४ कार्तिक २०८३ १४:५७ | Tuesday, November 10, 2026
झापामा २५ लाख बढी मूल्यका भारतीय फूल बरामद गरी नष्ट

काठमाडौँ- झापाको भद्रपुर नगरपालिका-८ स्थित देवीबस्तीबाट सशस्त्र प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी मूल्यका भारतीय फूल बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा उक्त फूल बरामद गरेको हो।

सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा परिचालित ९ सदस्यीय टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री फूलका माला र २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ बोरा भारतीय कमलका फूल बरामद गरेको थियो।

बरामद गरिएका फूलको कुल मूल्य २५ लाख ६३ हजार ४०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद फूल प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको कार्यालय परिसरभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको जनाइएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १४:५७ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast