धानबारीमा मरेको अवस्थामा भेटियो जंगली हात्ती, खुलेन कारण

हिमाल प्रेस ३१ भदौ २०८३ १०:०८ | Wednesday, September 16, 2026
धानबारीमा मरेको अवस्थामा भेटियो जंगली हात्ती, खुलेन कारण

झापा- झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवका अनुसार हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको छ। स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए। हात्तीको मृत्युको स्पष्ट कारण भने अझै खुल्न नसकेको यादवले बताएका छन्।

मेचीनगरका वडा नम्बर २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय क्षति गर्नुका साथै किसानको खेतीबालीमा ठूलो नोक्सानी पुर्याउँदै आएको छ। झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन्। यसबाहेक स्थानीय जङ्गलमै बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन्।

प्रकाशित: ३१ भदौ २०८३ १०:०८ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast