शिक्षकको स्थानीय भत्ताबारे यस्तो निर्देशन

हिमाल प्रेस १९ कार्तिक २०८३ १०:४७ | Thursday, November 5, 2026
शिक्षकको स्थानीय भत्ताबारे यस्तो निर्देशन

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई प्रचलित मापदण्डभन्दा बढी भुक्तानी भएको स्थानीय भत्ता रकम फिर्ता गर्न निर्देशन दिएको छ।

नगरपालिकाको कार्यालयले ०८३ कात्तिक १५ गते सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै आर्थिक वर्ष ०८२ मा विद्यालयका शिक्षकलाई स्थानीय भत्ताबापत निकासा गरिएको रकमको भुक्तानी विवरण परीक्षण गर्दा मापदण्डअनुसार पाउनुपर्नेभन्दा बढी रकम भुक्तानी भएको पाइएको जनाएको छ।

नगरपालिकाका अनुसार प्रारम्भिक प्रतिवेदनमा बढी भुक्तानी भएको रकम असुलउपर गरी दाखिला गर्नुपर्ने उल्लेख भएकाले संलग्न सूचीअनुसार सम्बन्धित शिक्षकबाट रकम असुल गरी नगरपालिकाको खातामा जम्मा गर्नुपर्नेछ।

नगरपालिकाले असुल गरिएको रकम ०८३ कात्तिक मसान्तभित्र दाखिला गर्न निर्देशन दिएको छ। रकम दाखिला गरेपछि सक्कल बैंक भौचर वा प्रमाणित प्रतिलिपिसहितको विवरण नगरपालिकाको लेखा शाखामा पेस गर्नसमेत भनिएको छ।

नगरपालिकाको पत्रअनुसार लेखा शाखाबाट भौचर सिर्जना गरी बैंकमा रकम जम्मा गर्न सकिनेछ। त्यसैगरी भौचर सिर्जना गर्दा प्राप्त हुने क्यूआर कोडमार्फत पनि रकम दाखिला गर्न सकिने व्यवस्था गरिएको छ।

नगरपालिकाको यस निर्देशनसँगै मापदण्डभन्दा बढी स्थानीय भत्ता बुझेका शिक्षकले तोकिएको समयभित्र रकम फिर्ता गरी दाखिला गर्नुपर्ने भएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १०:४७ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast