झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

हिमाल प्रेस १३ साउन २०८३ १३:१९ | Wednesday, July 29, 2026
8
SHARES
झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

काठमाडौँ- झापाको भद्रपुर नगरपालिका ८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका ९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्‍याएका थिए । शव सोही अस्पतालमा रहेको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ साउन २०८३ १३:१९ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast