काठमाडौँमा पाँच बंगलादेशी नागरिक पक्राउ

हिमाल प्रेस १७ कार्तिक २०८३ ८:३५ | Tuesday, November 3, 2026
10
SHARES
काठमाडौँमा पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ- काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका अनुसार सोमबार साँझ एपीएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका पाँचैजनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी र अकम अब्दुल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौजना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन्। त्यहाँ ठूलो परिमाणमा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत भेटिएका छन्।

त्यसैगरी नियन्त्रणमा लिइएका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ देखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ८:३५ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast