कृषि अनुदानको प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी, दुई पक्राउ

हिमाल प्रेस १३ कार्तिक २०८३ ८:२४ | Friday, October 30, 2026
8
SHARES
कृषि अनुदानको प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी, दुई पक्राउ एआईको सहयोगमा निर्मित तस्बिर

काठमाडौँ- कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारेर रु पाँच करोड ८० लाख ठगी गरेका थिए।

काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ८:२४ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast