‘शिक्षकको पेसागत मुद्दा कमजोर हुनुमा शिक्षककै कमजोरी छ्न्, नेतृत्वको कुरै छाडौं’

हिमाल प्रेस १३ कार्तिक २०८३ ८:०४ | Friday, October 30, 2026
32
SHARES
‘शिक्षकको पेसागत मुद्दा कमजोर हुनुमा शिक्षककै कमजोरी छ्न्, नेतृत्वको कुरै छाडौं’

काठमाडौँ- शैक्षिक अभियन्ता तथा शिक्षक रमेशबाबु भट्टराईले शिक्षकका पेसागत मागमुद्दा कमजोर हुनमा शिक्षकहरूकै कमजोरी रहेको टिप्पणी गरेका छन्।

शुक्रबार उनले शिक्षकले शिक्षककै आलोचना गर्ने प्रवृत्ति पुरानै भएको उल्लेख गरेका छन्। शिक्षकले नै शिक्षकलाई गाली गर्ने अवस्था रहेपछि अभिभावक, शिक्षाविद् र अन्य सरोकारवालाले पनि आलोचना गर्नु अस्वाभाविक नभएको उनको भनाइ छ।

भट्टराईले शिक्षकका पेसागत मुद्दा कमजोर हुनुमा शिक्षक स्वयं र नेतृत्वको कमजोरी रहेको बताएका छन्। राज्यले शिक्षकलाई १७ थरीमा विभाजन गरेको उल्लेख गर्दै उनले यसले शिक्षकबीच एकता कायम हुन नदिने आशय राखेको हुन सक्ने टिप्पणी गरेका छन्।

उनले शिक्षकहरूलाई आपसी आलोचनामा अल्झिनुभन्दा शिक्षक सेवा सम्बन्धी नियमावली संशोधन, ऐन निर्माण तथा आफ्ना मागमुद्दा पूरा गराउन केन्द्रित हुन आग्रह गरेका छन्।

‘कुरा प्रष्ट छ, आलोचना छोड, नियमावली संशोधन र ऐन निर्माणमा चासो राख र आफ्ना मागमुद्दा पूरा गर्न अघि बढ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आफू अब अरूबाट लिन नभई दिनका लागि अघि बढेको उल्लेख गर्दै भट्टराईले आलोचना र गाली सहन तयार भए पनि शिक्षकका मागमुद्दा कमजोर बनाउन तयार नरहेको बताएका छन्।

‘गाली सहन तयार छु तर मागमुद्दा कमजोर बनाउन तयार छैन है मित्रहरू’, उनले लेखेका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ ८:०४ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast