रमेशबाबुको प्रश्न– शिक्षकका नाममा खोलिएका संघसंस्थाहरू शिक्षकबाट लेबी उठाउन मात्रै हो?

हिमाल प्रेस १७ भदौ २०८३ १५:३६ | Wednesday, September 2, 2026
रमेशबाबुको प्रश्न– शिक्षकका नाममा खोलिएका संघसंस्थाहरू शिक्षकबाट लेबी उठाउन मात्रै हो?

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष एवं शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षकका नाममा खोलिएका संघसंस्थाहरूले शिक्षकबाट लेबी उठाउनेबाहेक दुःख र विपद्का बेला प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत शिक्षक तथा विद्यार्थी पीडामा परेका बेला विज्ञप्ति जारी गर्नु मात्र पर्याप्त नहुने बताएका हुन्।

उनले भनेका छन्,‘के शिक्षकका नाममा खोलिएका संघसंस्थाहरू शिक्षकबाट लेबी उठाउन मात्रै हो? दुःखका बेला शिक्षक र विद्यार्थीको पीडामा मलम लगाउन सिन्को भाँच्नु पर्दैन? कि विज्ञप्ति मात्रै काफी हो?’

संस्था जोगाउने नाममा गरिने दाबीप्रति पनि उनले प्रश्न उठाएका छन्। संस्था गफ र वक्तव्यबाट नभई व्यवहार तथा कर्मबाट जोगिने उल्लेख गर्दै भट्टराईले वास्तविकता बोलेको र त्यसबाट कसैलाई असहज भए क्षमा माग्नेसमेत बताएका छन्।

यसैबीच, विद्यार्थीहरूले आफ्नो खाजा रकम कटौती गरी बाढीपीडितका लागि गरेको सहयोगप्रति भट्टराईले प्रशंसा गरेका छन्। उनले विद्यार्थीहरूको सहयोगलाई मानवताको उदाहरणका रूपमा व्याख्या गर्दै स्वार्थी बन्दै गएको समाजलाई विद्यार्थीहरूले व्यवहारबाटै मानवीयताको जवाफ दिएको बताएका छन्।

प्रकाशित: १७ भदौ २०८३ १५:३६ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast