मोरङमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

हिमाल प्रेस १३ कार्तिक २०८३ ८:४१ | Friday, October 30, 2026
6
SHARES
मोरङमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौँ- मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते हुनेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेका छन्। दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका-१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन्।

प्रहरीका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन गरिएको थियो। सोही क्रममा राति करिब ९:३० बजे रतुवामाई नगरपालिका-६ शनिश्चरेमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो।

तर,प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली प्रहार गरेको डीएसपी मिश्रले जानकारी दिए। गोली लागेर दुवै भारतीय नागरिक घुँडामुनि घाइते भएका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए।

प्रकाशित: १३ कार्तिक २०८३ ८:४१ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast