एनपीएल हेर्न जाने दर्शकलाई प्रहरीको यस्तो अनुरोध

हिमाल प्रेस ९ कार्तिक २०८३ १४:४४ | Monday, October 26, 2026
16
SHARES
एनपीएल हेर्न जाने दर्शकलाई प्रहरीको यस्तो अनुरोध

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित एवं सुव्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतियोगिताका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न, खेलाडी तथा दर्शकको सुरक्षा सुनिश्चित गर्न र खेलमैदानमा अनुशासन कायम राख्न विभिन्न सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्रहरीले गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न र नगराउन आग्रह गर्दै जात, धर्म, लिंग, वर्ण, भूगोल, संस्कृति तथा परम्पराका आधारमा कुनै पनि प्रकारको विभेद नगरी सबैको सम्मान गर्न अनुरोध गरेको छ।

त्यसैगरी, खेलमैदानभित्र निषेधित सामग्री नलैजान, पाकेटमारी तथा चोरीजस्ता घटनाबाट बच्न सतर्क रहन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतियोगिता हेर्न आउने दर्शकलाई ट्राफिक नियमको पालना गर्न तथा सवारी आवागमनमा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

टिकट बिक्री भई ‘सोल्ड आउट’ भइसकेपछि क्रिकेट रंगशालाबाहिर अनावश्यक भीडभाड नगर्न प्रहरीले विशेष आग्रह गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १४:४४ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast