एनपीएलको उद्घाटन खेलमा प्रधानमन्त्री पनि सहभागी हुने

हिमाल प्रेस ९ कार्तिक २०८३ ६:१३ | Monday, October 26, 2026
10
SHARES
एनपीएलको उद्घाटन खेलमा प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह सहभागी हुने भएका छन्।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि प्रतियोगिता सुरू हुँदैछ।

यस वर्षको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ भने सबै खेल काठमाडौंमै हुनेछ।

क्यानले यस पटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रूपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्ट्याइएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ६:१३ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast