काठमाडौँ- नियमित गस्तीमा रहेको नेपाल प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बाट एक, मोरङको बेलबारी नगरपालिका-२ कबिर टोल र बेलबारी नगरपालिका-७ पानी ट्यांकीबाट एक-एक, सिराहाको भगवानपुर गाउँपालिका-४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका-११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका-५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजा र खैरो हेराइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधी ट्रामाडोल, स्पास्पेन, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १८:२८ | Monday, November 9, 2026
प्रतिक्रिया



