पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा आठ जनाको मृत्यु

हिमाल प्रेस २३ कार्तिक २०८३ १७:३१ | Monday, November 9, 2026
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ- कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका-३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१-००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दैलेखको गुराँस गाउँपालिका-१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२-००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ।

नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १७:३१ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast