बुटवलका पूर्व वडाध्यक्ष रमेशप्रसाद नेपालको निधन

हिमाल प्रेस २३ कार्तिक २०८३ १६:३४ | Monday, November 9, 2026
बुटवलका पूर्व वडाध्यक्ष रमेशप्रसाद नेपालको निधन

बुटवल- बुटवल उपमहानगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी रमेशप्रसाद नेपालको निधन भएको छ।

६० वर्षीय नेपालको आइतबार साँझ लक्ष्मीपूजा गर्ने क्रममा अचानक हृदयाघात भएको थियो। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको गएराति नै बुटवलस्थित मैनाबगर रामघाटमा अन्त्येष्टि गरिएको छ।

२०२३ साल असोज २३ गते पाल्पाको तत्कालीन पालुङ मैनादी-टारीमा जन्मिएका नेपाल २०४०/०४१ सालतिर बुटवल आएका थिए। उनी २०५४ सालको स्थानीय निर्वाचनमा बुटवलको तत्कालीन वडा नं. ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।

नेपाल मणिमुकुन्द सेन उद्यान (फूलबारी) का पूर्व अध्यक्षसमेत थिए। स्थानीय राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय उनको निधनले बुटवलले एक सामाजिक व्यक्तित्व गुमाएको छ।

नेपालका आमा, श्रीमती तथा दुई छोरा सुभाष र सिर्जन छन्।

प्रकाशित: २३ कार्तिक २०८३ १६:३४ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast