जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको जित

हिमाल प्रेस २४ कार्तिक २०८३ २०:३५ | Tuesday, November 10, 2026
जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको जित

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १८.४ ओभरमा ९३ रनमै समेटियो।

जनकपुरका जिम्मी निशमले २५ बलमा एक छक्का र एक चौकासहित २० रन बनाए। तृतराज दासले २९ बलमा एक छक्काको मद्दतले २१ तथा आदित्य महताले ११ बलमा एक छक्कासहित १० रन जोडे। यी तीनबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेनले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा १३ रन खर्चिए। हेमन्त धामी, थरिन्दु रत्ननायके, कप्तान दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो।

सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले २३ बलमा दुई छक्का र दुई चौकासहित सर्वाधिक ३३ रन बनाए। थरिन्दु रत्ननायकेले २८ बलमा दुई छक्का र एक चौकाको मद्दतले २७ रन जोडे।

जनकपुरका कप्तान हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २२ रन खर्चेर चार विकेट लिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट हात पारे।

जितसँगै सुदूरपश्चिमले ६ खेलबाट आठ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित जनकपुर भने समान खेलबाट चार अंकसहित छैटौँ स्थानमा झरेको छ।

प्रकाशित: २४ कार्तिक २०८३ २०:३५ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast