अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ

हिमाल प्रेस ११ वैशाख २०८० १३:३८ | Monday, April 24, 2023
अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ सांकेतिक तस्बिर।

गोरखा- अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा नगरपालिका-३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका-४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए।

दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरूले जथाभावी हातपात गरी आतंक मच्चाएको उपरीक्षक लामिछानेले जानकारी दिए।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ११ वैशाख २०८० १३:३८ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast