रोड्री उत्कृष्ट खेलाडी, मेस्सी र मेक्सिकन समर्थक चर्चामा

हिमाल प्रेस ५ साउन २०८३ १०:४० | Tuesday, July 21, 2026
रोड्री उत्कृष्ट खेलाडी, मेस्सी र मेक्सिकन समर्थक चर्चामा

काठमाडौँ- विश्वकप फुटबल सम्पन्न भएपछि बीबीसी स्पोर्ट्सका पत्रकारहरूले प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदाउँदा प्रतिभा, अविस्मरणीय क्षण, उत्कृष्ट समर्थक, उत्कृष्ट गोल र उत्कृष्ट बचाउबारे आफ्ना छनोट सार्वजनिक गरेका छन्।

प्रतियोगिताको आधिकारिक ‘गोल्डेन बल’ स्पेनका कप्तान रोड्रीले जित्दा अर्जेन्टिनाका लियोनेल मेस्सी ‘सिल्भर बल’ तथा फ्रान्सका किलियन एम्बाप्पे ‘ब्रन्ज बल’का विजेता बने।

बीबीसीका अधिकांश पत्रकारले भने ३९ वर्षका मेस्सीलाई प्रतियोगिताकै सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा चयन गरेका छन्।

उनीहरूले अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन मेस्सीको नेतृत्व, खेल नियन्त्रण गर्ने क्षमता र निर्णायक क्षणमा प्रभाव पार्ने भूमिकाको प्रशंसा गरेका छन्।

उदीयमान खेलाडीमा स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीलाई विशेष रूपमा उल्लेख गरिएको छ। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको रक्षापंक्तिलाई मजबुत बनाएका थिए।

उनीहरूले प्रतियोगिताका सबैभन्दा अविस्मरणीय क्षणका रूपमा मेक्सिकोको एज्टेका रंगशालाको वातावरण, पाराग्वेको जर्मनीमाथिको नाटकीय जित तथा केप भर्डेका सिड्नी काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको अतिरिक्त समयको शानदार गोललाई स्मरण गरेका छन्।

निराशाजनक टोलीका रूपमा ब्राजिललाई धेरै पत्रकारले छनोट गरेका छन्। उनीहरूका अनुसार कार्लो एन्सेलोटीको प्रशिक्षणमा ब्राजिल अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भयो।

समर्थकतर्फ मेक्सिको, अर्जेन्टिना र नर्वेका फ्यानको उत्साह र वातावरण सिर्जना गर्ने शैलीलाई सबैभन्दा बढी प्रशंसा गरिएको छ।

उत्कृष्ट गोलको सूचीमा मेस्सी, सिड्नी काब्राल, जुलियन अल्भारेज, एन्टोनियो नुसा र एर्लिङ हालान्डका गोल समावेश छन् भने उत्कृष्ट बचाउतर्फ हैटीका जोह्नी प्लासिड, इंग्ल्यान्डका जोर्डन पिकफोर्ड र नर्वेका ओर्यान न्यालान्डका बचाउलाई विशेष रूपमा उल्लेख गरिएको छ।

प्रकाशित: ५ साउन २०८३ १०:४० | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast