नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला

हिमाल प्रेस ६ कार्तिक २०८३ २१:०८ | Friday, October 23, 2026
8
SHARES
नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरूष मृत भेटिएका हुन् ।

यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा अन्दाजी ५६ वर्षीय पुरूष मृत अवस्थामा भेटिएका हुन् ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ २१:०८ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast