यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

हिमाल प्रेस ६ कार्तिक २०८३ २१:५० | Friday, October 23, 2026
यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

काठमाडौँ– पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।

नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ ।

कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचलाई निरन्तरता दिन समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने, कलाकारलाई व्यावसायिक बनाउने र नयाँ पुस्तालाई भाषा तथा नाचको प्रशिक्षण दिने लक्ष्य राखेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ २१:५० | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast