नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ

हिमाल प्रेस ६ कार्तिक २०८३ २०:२२ | Friday, October 23, 2026
10
SHARES
नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ

काठमाडाैँ– जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।

चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी जीवन लामालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मानबहादुर तामाङका छोरा लामालाई प्रहरी चौकी रत्नावती, सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कात्तिक ५ गते अपराह्न करिब ४:३० बजे पक्राउ गरेको हो।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लामालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

 

प्रकाशित: ६ कार्तिक २०८३ २०:२२ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast