एन्फाको निलम्बन हटाउन पहल भइरहेको छ : खेलकुदमन्त्री पोखरेल

हिमाल प्रेस ५ असोज २०८३ १५:५२ | Monday, September 21, 2026
एन्फाको निलम्बन हटाउन पहल भइरहेको छ : खेलकुदमन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गराउन नेपाल सरकारले पहल गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको जानकारी दिए।

उनका अनुसार फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको थियो। निलम्बनपछि त्यसको फुकुवाका लागि सरकारले आवश्यक पहल अघि बढाएको उनले बताए। ‘एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको छ,’ मन्त्री पोखरेलले भने।

सरकारले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र गतिविधिमा परेको असरलाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी निलम्बन फुकुवाको पहल गरिरहेको उनको भनाइ थियो।

यसैबीच मन्त्री पोखरेलले नेपाल-चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत नेपाली फुटबल खेलाडी आशिष राईलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत बजेटको सीमाभित्र रहेर राईको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको उनले बताए।

प्रकाशित: ५ असोज २०८३ १५:५२ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast