फिफा यू-१५ विश्वकपमा तेस्रो बनेको नेपाली टोली स्वदेश फर्कियो

हिमाल प्रेस १५ कार्तिक २०८३ १३:४४ | Sunday, November 1, 2026
8
SHARES
फिफा यू-१५ विश्वकपमा तेस्रो बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौँ- अजरबैजानमा आयोजित फिफा यू-१५ विश्वकप तथा फेस्टिभलमा सहभागी भएर नेपाली युवा फुटबल टोली स्वदेश फर्किएको छ। प्रतियोगिताको टियर ‘एफ’ मा प्रतिस्पर्धा गरेको नेपालले तेस्रो स्थान हासिल गर्दै प्रतियोगिता सम्पन्न गरेको हो।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले ग्रेनाडालाई २-१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको थियो।

स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले स्वागत गरेका थिए।

टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडा, कार्यवाहक महासचिव दामोदर भट्टराई तथा कार्यसमिति सदस्यहरू महेन्द्र क्षेत्री, टीका लामा र मनीष जोशीले स्वागत गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ १३:४४ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast