किन गर्‍यो राप्रपामा महाधिवेशनको नजिककै समयमा प्रतिनिधि छनोटको कार्यतालिका संशोधन?

हिमाल प्रेस २० कार्तिक २०८३ ६:३३ | Friday, November 6, 2026
किन गर्‍यो राप्रपामा महाधिवेशनको नजिककै समयमा प्रतिनिधि छनोटको कार्यतालिका संशोधन? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सक्रिय सदस्यता उपर दाबी विरोध गर्न र नाम सच्याउन मंसिर १ गतेसम्मको समय निर्धारण गरिएको छ । मंसिर ४ देखि १० गतेभित्र पार्टीको विधान र निर्वाचन निर्देशिकाबमोजिम योग्य प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।

छनोट भएका महाधिवेशन प्रतिनिधिको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

सक्रिय सदस्यको नयाँ इन्ट्री बुधबार रातिदेखि बन्द भइसकेको छ। इन्ट्री भएका सदस्यले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्नेछ ।

सदस्यताको विवरणमा तस्बिर छुटेको भए सोही मितिभित्र उपलब्ध गराउनुपर्नेछ। अन्यथा सक्रिय सदस्यताको आवेदन अस्वीकृत हुने निर्वाचन समितिले जनाएको छ । राप्रपाको महाधिवेशन मंसिर २६ देखि २९सम्म काठमाडौँमा तय भएको छ।

प्रकाशित: २० कार्तिक २०८३ ६:३३ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast