सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।
अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए। उनले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित: २२ भदौ २०८३ ७:४९ | Monday, September 7, 2026
प्रतिक्रिया


