कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसैन

हिमाल प्रेस ५ कार्तिक २०८३ १०:३० | Thursday, October 22, 2026
10
SHARES
कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसैन

काठमाडौँ– कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो।

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन्। तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्। त्यस्तै ६३ विकेट लिएका छन्। यस क्रममा उनले दुई अर्धशतक बनाएका थिए।

एकदिवसीयतर्फ १२ खेल खेल्दा उनले २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन्। लिसट एमा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन्।

यस्तै, १४१ विकेट लिएका छन्। तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुत भएको कर्णाली याक्स स्पोट्स् प्रालिका मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन्। उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए।

‘पाकिस्तानी अलराउन्डरको आगमनसँगै हाम्रो टिमको ब्याटिङ र बलिङ दुबै पक्ष बलियो हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘आगामी दुई सम्झौतालाई पनि दर्शकले मन पराउनु हुनेछ भन्ने लाग्छ। कर्णाली याक्समा चर्चित अनुहार देख्न पाउनुहुनेछ।’

पाकिस्तानी अलराउन्डर तेस्रो सिजनको लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्राइसकेको छ।

त्यस्तै दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन्। वाटबाहेक तला, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्दै छन्।

कात्तिक ९ गते सुरु हुने एनपीएल तेस्रो संस्करणका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्।

यस्तै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्।

यसैगरी कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ।

 

प्रकाशित: ५ कार्तिक २०८३ १०:३० | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast