प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ– अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका– २, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा भूमिकास्थान– ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए। छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ कार्तिक २०८३ ११:३५ | Thursday, October 22, 2026
प्रतिक्रिया




