सुर्खेतमा लोकसेवा तयारी गरिरहेका २६ वर्षीय युवक मृत फेला

हिमाल प्रेस ५ कार्तिक २०८३ ११:२९ | Thursday, October 22, 2026
8
SHARES
सुर्खेतमा लोकसेवा तयारी गरिरहेका २६ वर्षीय युवक मृत फेला

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन् ।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया बिहीबार बिहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार घरधनी नवीनकुमार केसीले रोकाया झुन्डिएको अवस्थामा रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा डोरी चुडिएको अवस्थामा रोकाया भुइँमा मृत फेला परेका थिए ।

रोकाया करिब एक वर्षदेखि लोकसेवा आयोगको परीक्षाको तयारीका लागि सोही घरमा कोठा भाडामा लिएर बस्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा घटनास्थल अनुसन्धानसम्बन्धी प्राविधिक टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ५ कार्तिक २०८३ ११:२९ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast