एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने पक्का

हिमाल प्रेस ३ कार्तिक २०८३ ९:४० | Tuesday, October 20, 2026
6
SHARES
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने पक्का

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुने पक्का भएको छ। क्यानका सचिव पारस खड्काले एक स्केच भिडियो सामाग्री सेयर गर्दै नेपालमा डिआरएस प्रयोग हुने जानकारी दिएका हुन्।

एनपिएलले पनि आफ्नो आधिकारीक फेसबुक पेजमार्फत मंगलबार डिआरएस प्रयोग गर्न लागेको सार्वजनिक गरेको छ। यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने दिशामा नयाँ उपलब्धि थपिएको छ।

डीआरएस प्रविधिको सहायताले खेलका क्रममा अम्पायरले गरेका केही निर्णयमाथि पुनरावलोकन गर्न सकिन्छ। एकटिमले आफ्नो इनिङमा २ पटक डिआरएस सिस्टम प्रयोग गर्ने प्रचलन रहँदै आएको छ। यसले खेलाडी तथा टोलीलाई अम्पायरको निर्णयमा चित्त नबुझे समीक्षा माग गर्ने अवसर दिन्छ।
एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।

प्रतियोगितामा डीआरएसको प्रयोगले खेलको निष्पक्षता र निर्णयको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ। साथै दर्शकहरुले पनि भव्य रुपमा डिआरएसको समिक्षा माग गर्दै आएका थिए।

प्रकाशित: ३ कार्तिक २०८३ ९:४० | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast