काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्धन गरेको छ।
३८ वर्षीय मोइन अलीले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ वनडे र ९२ ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन्। टेस्टमा उनले ३ हजार ९४ रन बनाएका छन् भने २०४ विकेट लिएका छन्। वनडेमा २ हजार ३५५ रन र १११ विकेट तथा टी२० अन्तर्राष्ट्रियमा १ हजार २२९ रनसहित ५१ विकेट उनको नाममा छ।
अलीले टेस्टमा ५ शतक र १५ अर्धशतक बनाएका छन् भने उनको उच्च स्कोर १५५ रनको छ। वनडेमा उनको उच्च स्कोर १२८ र टी२० मा ७२ रन रहेको छ। उनले २०१९ को क्रिकेट विश्वकप र २०२२ को टी२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीमा महत्वपूर्ण भूमिका खेलेका थिए।
आईपीएल, पीएसएल र बीपीएल जस्ता ठूला लिगको अनुभव बटुलेका अलीले जनकपुर बोल्ट्सको मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।



