एनपीएलको पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच कुन टोली सिधै फाइनल पुग्ला?

हिमाल प्रेस १ मंसिर २०८३ ७:१४ | Tuesday, November 17, 2026
6
SHARES
एनपीएलको पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच कुन टोली सिधै फाइनल पुग्ला?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा आज (मंगलबार) लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। साविक विजेता लुम्बिनी र साविक उपविजेता सुदूरपश्चिम आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भिड्नेछन्। आजको खेलमा विजयी टोली एनपीएलको फाइनल पुग्नेछन्।

आजको खेलमा पराजित टोली एलिमिनेटरबाट विजयी बनेको टोलीसँग भिड्दै फाइनलको यात्राको तय गर्न सक्छ। एलिमिनेटरमा काठमाडौँ गोर्खाज र चितवन राइनोज छन्। एलिमिनेटरको खेल बुधबार हुनेछ। पराजित हुने टोली भने बाहिरिनेछ।

लिग चरणको पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको हो। सुदूरपश्चिम ५ जित र २ हारसहित १० अंकसहित शीर्ष २ मा परेको हो।

एलिमिनेटरमा जित निकाल्ने टोलीले लुम्बिनी र सुदूरपश्चिमबीचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर खेलको विजेता उपाधिका लागि भिड्नेछन्। एनपीएलको तेस्रो सिजनको फाइनल खेल शनिबार हुनेछ।

पहिलो क्वालिफायर खेल मंसिर १ गते मंगलबार हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने फाइनल पुग्न दोस्रो मौका पाउनेछ। त्यसका लागि दोस्रो क्वालिफायर खेल्नेछ।

प्रकाशित: १ मंसिर २०८३ ७:१४ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast