कर्मचारी सञ्चयकोषले नियमित बचतकर्तालाई सवारीसाधन खरिदका लागि ऋण दिने

हिमाल प्रेस १ मंसिर २०८३ ८:५९ | Tuesday, November 17, 2026
12
SHARES
कर्मचारी सञ्चयकोषले नियमित बचतकर्तालाई सवारीसाधन खरिदका लागि ऋण दिने

काठमाडौँ- कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ । कोषमा कम्तीमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाङ्ग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ ।

कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार सुविधा दिने र सञ्चयकोषको लगानीलाई विस्तारित गर्ने योजना अनुसार यस्तो सापटी योजना ल्याइएको कोषका प्रशासक विजयराज श्रेष्ठले जानकारी दिए।

यस्तो सापटी प्रदान गर्न सञ्चयकर्ता सवारीसाधन सापटी विनियमावली, २०८२ स्वीकृत भइसकेको छ । सेही विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले अब स्कुटर, मोटरसाइकल तथा कार खरिद गर्न ऋण सुविधा पाउने छन् । विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले नयाँ मात्र नभई प्रयोगमा रहिरहेका (सेकेन्ड ह्यान्ड) गाडी पनि खरिद गर्न पाउने छन् ।

 

प्रकाशित: १ मंसिर २०८३ ८:५९ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast