विद्यालयको जग्गा किन्ने पैसा जम्मा गर्न खेलियो देउसी, उठ्यो ८ लाख ९५ हजार

हिमाल प्रेस २ मंसिर २०८३ ७:४७ | Wednesday, November 18, 2026
विद्यालयको जग्गा किन्ने पैसा जम्मा गर्न खेलियो देउसी, उठ्यो ८ लाख ९५ हजार

हुम्ला- अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट रु आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ ।

विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको तथा त्यस क्रममा उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले बताए ।

उक्त विद्यालयका शिक्षक अखिल भण्डारीले रु ५० हजार तथा आफूले रु २५ हजार प्रदान गरेको जानकारी दिँदै उनले सबैभन्दा बढी रकम वडा नं ३ बाट प्राप्त भएको बताए ।

प्रकाशित: २ मंसिर २०८३ ७:४७ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast