एनपीएलले पायो आईसीसीको ‘लिस्ट ए टी-२०’ को मान्यता

हिमाल प्रेस ४ कार्तिक २०८३ १९:३७ | Wednesday, October 21, 2026
14
SHARES
एनपीएलले पायो आईसीसीको ‘लिस्ट ए टी-२०’ को मान्यता

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू आईसीसीको ‘लिस्ट ए टी–२०’ को मान्यता पाएको छ।

आईसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता दिने निर्णय गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ।

यसअघि आईसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो।

एनपीएलले आईसीसीबाट लिस्ट ए टी २० प्रतियोगिताको मान्यता पाउने नेपाली क्रिकेटका लागि ठूलो ऐतिहासिक उपलब्धि ठानिएको छ।

यो मान्यता पाएसँगै एनपीएलमा नेपाली तथा विदेशी खेलाडीहरूले बनाएको रन, शतक, विकेट र बनाएका रेकर्डहरू अब खेलाडीको आधिकारिक करियर तथ्यांकमा जोडिनेछ।

यसअघि यी उपलब्धीहरू घरेलु तथ्यांकमा मात्र सीमित हुने गरेको थियो। त्यस्तै विदेशी उच्चस्तरीय खेलाडीको सहज आगमन आधिकारिक स्वीकृति प्राप्त गर्न सहज हुने भएको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा आयोजना हुँदैछ।

प्रकाशित: ४ कार्तिक २०८३ १९:३७ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast