ट्रम्पका विशेष दूत स्टिभ किन भेट्दैछन् पुटिनलाई?

हिमाल प्रेस ४ कार्तिक २०८३ १६:१५ | Wednesday, October 21, 2026
4
SHARES
ट्रम्पका विशेष दूत स्टिभ किन भेट्दैछन् पुटिनलाई?

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विकटकपले रुस–युक्रेनबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने प्रस्तावहरुमाथि छलफल गर्न बुधबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेट गर्दैछन्।

यो महत्वपूर्ण कूटनीतिक भेटघाट विटकफले नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको उच्चस्तरीय वार्तापछि हुन थालेको हो।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ओस्लोमा भएको भेटघाट ‘अत्यन्त उपयोगी, सकारात्मक र रचनात्मक’ रहेको थियो। उक्त बैठकमा अमेरिका, युक्रेन र युरोपेली मुलुकहरुबीच युद्धविराम र शान्ति स्थानपनाका कदमहरुलाई लिएर महत्वपूर्ण व्यावहारिक सहमति बनेको जनाइएको छ।

उक्त वार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भने अमेरिकी दुत विटकफ सहभागी भएका थिएनन्। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुसनर भने भिडियो लिंकमार्फत बैठकमा भाग लिएका थिए।

ओस्लो वार्तामा सहभागी फिनल्डाण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले शान्ति स्थापनका प्रस्तावहरुमा ‘वास्तविक प्रगति’ भएको दाबी गरेका छन्। यद्यपि उनले विस्तृत विवरण नदई यो प्रक्रियामा धैर्यतको आवश्यकता रहेको बताए।

यसअघि युक्रेनले अमेरिकामाथि रुसी आक्रमणसम्बन्धी महत्वपूर्ण गुप्तचर सूचना साझा नगरेको आरोप लगाएको थियो, जसलाई अमेरिकाले ‘आश्चर्यजनक’ भनेको थियो।

तर, मंगलबार राष्ट्रपति जेलेन्स्कीले रुसी मिसाइल आक्रमणहरुसँग सम्बन्धित गुप्तचर जानकारीलाई लिएर अमेरिकासँगको सहकार्य पुनः सुरु भएको स्पष्ट पारेका छन्।

प्रकाशित: ४ कार्तिक २०८३ १६:१५ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast