अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

हिमाल प्रेस ५ कार्तिक २०८३ ८:१५ | Thursday, October 22, 2026
8
SHARES
अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

काठमाडौँ– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार करिब ०१:३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब ०२:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ५ कार्तिक २०८३ ८:१५ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast