आईसीसी यू–१९ महिला टी–२० विश्वकप : १५ खेल नेपालमा हुने

हिमाल प्रेस ५ कार्तिक २०८३ ६:४३ | Thursday, October 22, 2026
4
SHARES
आईसीसी यू–१९ महिला टी–२० विश्वकप : १५ खेल नेपालमा हुने स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान काठमाडौँ, २० असोजः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ– नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कूल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।

नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ ।

नेपालले पहिलोपटक यू–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।

प्रकाशित: ५ कार्तिक २०८३ ६:४३ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast