रास्वपा महाधिवेशनको फोहोर उठाउन आफ्ना कार्यकर्तालाई हर्क साम्पाङको आग्रह

हिमाल प्रेस ११ असार २०८३ ७:३८ | Thursday, June 25, 2026
14
SHARES
रास्वपा महाधिवेशनको फोहोर उठाउन आफ्ना कार्यकर्तालाई हर्क साम्पाङको आग्रह

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि फैलिएका फोहोर सफा गर्न आफ्ना समर्थक तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले चितवनका श्रमदाताहरूलाई सम्बोधन गर्दै महाधिवेशन सम्पन्न भएपछि कार्यक्रमस्थल आसपास छरिएका फोहोर संकलन गरी सरसफाइ गर्न निर्देशन दिएका हुन्।

उनले लेखेका छन्, ‘चितवनका श्रमदाता हो… ती छरिएका फोहोरहरू उनीहरूका अधिवेशन सकिएपछि सफा गरिदिनु है! जय श्रम संस्कृति!’

यसैबीच सांसद साम्पाङले प्रतिनिधिसभा बैठक स्थगित गरिएको विषयमा पनि असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमै प्रतिक्रिया दिँदै सत्तारूढ दलको अधिवेशनका कारण संसद् बैठक प्रभावित भएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

उनले लेखेका छन्,‘सत्ताधारी पार्टीको अधिवेशन लम्बिएर हो या किन हो, आज २०८३–०३–११ गते बिहान ११ बजे बस्नुपर्ने प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ! यो त भएन नि पारा !

प्रकाशित: ११ असार २०८३ ७:३८ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast