‘ब्रोड पिक’ मा मृत्यु भएका तीन आरोहीको शव नेपाल ल्याइयो

हिमाल प्रेस २६ साउन २०८३ २०:१० | Tuesday, August 11, 2026
6
SHARES
‘ब्रोड पिक’ मा मृत्यु भएका तीन आरोहीको शव नेपाल ल्याइयो

काठमाडौँ- पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी मृत्यु भएका तीन आरोहीको शव नेपाल ल्याइएको छ।

मंगलबार कतार एयरवेजको उडानबाट किली पेम्वा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार काठमाडौँ ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि शव यात्रासहित तीन आरोहीको पार्थिव शरीरलाई नेपाल पर्वतारोहण संघको कार्यालयमा लगिएको छ।

हिमपहिरोमा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव साउन २१ गते नै नेपाल ल्याइएको थियो।

प्रकाशित: २६ साउन २०८३ २०:१० | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast