‘नेपालीहरू आरोहणका लागि सहयोगी मात्र होइनन्, नेतृत्वकर्ता हुन्’

हिमाल प्रेस १६ साउन २०८३ १८:१२ | Saturday, August 1, 2026
12
SHARES
‘नेपालीहरू आरोहणका लागि सहयोगी मात्र होइनन्, नेतृत्वकर्ता हुन्’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले ‘ब्रोड पिक’ को खबरले स्तब्ध र मर्माहत बनाएको बताएका छन्।

पाकिस्तानको ‘ब्रोड पिक’ आरोहणका क्रममा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि भएपछि थापाले यस्तो बताएका हुन्।

निर्मल पुर्जा आरोहणपछि सधैँ झैँ यसपटक पनि फर्कने आफूलाई विश्वास भए पनि त्यसो हुन नसकेको उनले उल्लेख गरेका छन्।

सभापति थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘मलाई साँच्चै विश्वास थियो कि तपाईँले सधैँझैँ यसपटक पनि पछाडि फर्कने कुनै न कुनै बाटो फेला पार्नुहुनेछ।’

उनले नेपालीहरू पर्वतारोहणको भविष्यलाई नयाँ उचाइ दिन सक्ने भनेर निर्मल पुर्जाले प्रमाणित गरेको बताएका छन्।

‘रेकर्डहरूभन्दा पनि तपाईँको सबैभन्दा ठूलो योगदान भनेको नेपाली पर्वतारोहीहरूप्रति विश्वको दृष्टिकोण परिवर्तन गर्नु हो,’ उनले भनेका छन्,‘नेपालीहरू पदयात्रा र आरोहणका लागि सहयोगीमात्र होइनन्, उनीहरू नेतृत्वकर्ता, प्रणेता र नवप्रवर्तक हुन् जसले पर्वतारोहको भविष्यलाई नयाँ उचाइ दिन सक्छन् भनेर तपाईँले प्रमाणित गरिदिनुभयो। तपाईँको यो विरासतले आउने पुस्तालाई सधैँ प्रेरणा दिइरहनेछ।’

सभापति थापाले निर्मला पुर्जासँगै आरोहणका क्रममा ज्यान गुमाएका नेपालीसहित अन्य पर्वतारोहीहरूप्रति समवेदना व्यक्त गरेका छन्।

‘आज म पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’, निमा शेर्पा नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, मेलोरी गाइस, नाधिरा अल हार्थी र वाङ जोडङलाई पनि सम्झिरहेको छु,’ थापाले भनेका छन्,‘यी प्रत्येक नामको पछाडि साहस, त्याग र सपनाहरूको एउटा जिन्दगी छ, अनि घरमा उहाँहरूको बाटो हेरिरहेको परिवारजन छन्।’

पाकिस्तानको ‘ब्रोड पिक’ हिमालको हिमपहिरोमा परी बिहीबार निर्मल पुर्जासहित १० जना बेपत्ता भएका थिए। बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। चार जनाको शव शुक्रबार फेला परेको थियो।

पाकिस्तानको कराकोरम हिमशृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार हिमपहिरो गएको थियो।

पुर्जाले टोलीको नेतृत्व गरेका थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ मात्र ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

प्रकाशित: १६ साउन २०८३ १८:१२ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast