‘ब्रोड पिक’ मा ज्यान गुमाएका पुरबहादुरको शव काठमाडौँ ल्याइयो

हिमाल प्रेस २१ साउन २०८३ १९:१९ | Thursday, August 6, 2026
6
SHARES
‘ब्रोड पिक’ मा ज्यान गुमाएका पुरबहादुरको शव काठमाडौँ ल्याइयो

काठमाडौँ- पाकिस्तानको ‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव काठमाडौँ ल्याइएको छ।

बिहीबार कतार एयरवेजको विमानमार्फत गुरुङको शव काठमाडौँ ल्याइएको हो।

गुरुङको शव काठमाडौँ ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरिरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्‍याइएको छ। उनको शुक्रबार अन्तिम संस्कार गरिने संघले जनाएको छ।

‘ब्रोड पिक’ मा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो।

पुर्जाको परिवार बेलायत भएकाले उतै अन्त्येष्टि गर्ने तयारी गरिएको छ भने अन्य नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्‍याएपछि ल्याइने संघले जानकारी दिएको छ।

प्रकाशित: २१ साउन २०८३ १९:१९ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast