हिम्लुङमा हिमपहिरो, ‘१२ जना सम्पर्कविहीन’

हिमाल प्रेस ११ असोज २०८३ १५:४४ | Sunday, September 27, 2026
हिम्लुङमा हिमपहिरो, ‘१२ जना सम्पर्कविहीन’ हिम्लुङ हिमाल। तस्बिर स्रोत : याक एक्सपिडिसन

काठमाडौँ- मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन छन्। उनीहरूमध्ये नौजना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको जानकारी आएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। उनले भने, ‘२२ जनामध्ये कोही पनि विदेशी छैनन्। सबै नेपाली नागरिक छन्।’

उनका अनुसार घटनापछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। हिमपहिरोबाट कति क्षति भयो भन्ने यकिन विवरण भने प्राप्त भइसकेको छैन।

प्रकाशित: ११ असोज २०८३ १५:४४ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast