राहत, अस्थायी, ईसीडी शिक्षक, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने निर्णय

हिमाल प्रेस १ जेठ २०८३ ८:३१ | Friday, May 15, 2026
राहत, अस्थायी, ईसीडी शिक्षक, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने निर्णय

बर्दिया- बारबर्दिया नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि यस प्रयोजनमा रु १ करोड २९ लाख ६५ हजार विनियोजन गरिएको जनाएको छ।

नगरपालिकाका अनुसार राहत, अस्थायी, नगर शिक्षक, बालविकास शिक्षक (ईसीडी) तथा विद्यालय कर्मचारी र सहयोगीहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने निर्णय गरिएको हो।

यसका लागि सबै सामुदायिक विद्यालयलाई कोषमा सूचिकृत हुन र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णय र प्यानसहित सामाजिक सुरक्षा कोषको आधिकारिक पोर्टलमार्फत फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। विद्यालयमा कार्यरत सबै करार कर्मचारीलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी शिक्षक तथा कर्मचारीहरूले आवश्यक कागजातसहित आआफ्नो विद्यालयमार्फत सूचिकृत हुनुपर्नेछ। नागरिकता, विवाह दर्ता, जन्मदर्ता तथा अन्य आवश्यक कागजात अद्यावधिक गर्नुपर्ने र केवाईसी अपडेट अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।

विश्वविद्यालयदेखि खेलकुद र मानव संसाधन विकाससम्म एउटै मन्त्रालयमा केन्द्रित

नीति तथा कार्यक्रम पारितसँगै शिक्षक व्यवस्थापन, डिजिटल शिक्षा योजनालाई बजेट!

शिक्षा समितिमा उठाइयो ईसीडी शिक्षकको न्यून तलबको विषय, संरचनाभित्र समेट्न आग्रह

राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन

प्रकाशित: १ जेठ २०८३ ८:३१ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast