शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले कार्ययोजना बनाउने

हिमाल प्रेस ३ साउन २०८१ १०:३२
932
SHARES
शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले कार्ययोजना बनाउने शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडाैँ‍- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताएकी छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने समेत बताइन्।

विद्यालय शिक्षा ऐन बनाउँदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उनले बताइन्।

एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने मन्त्री भट्टराइको भनाइ छ। उनले शिक्षण सिकाइको नजिता एसईई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको बताइन्।

भट्टराईले भनिन्, ‘अनिवार्य निःशुल्क शिक्षा ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने खाका अब शिक्षा मन्त्रालयले बनाउनुपर्छ। विद्यालय शिक्षा ऐन हामी बनाउँदै छौं। त्यससँग दाँजेर कसरी लैजाने भन्नेमा पनि छलफल गर्नुपर्छ। त्यसलाई कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहसँग छलफल गर्छौं। एकमहिनाभित्र हामीले खाका दिनुपर्छ भन्ने हामीले सोचेका छौं।’

बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल समेत गरिएको थियो। बैठकले समितिअन्तर्गत गठित उपसमितिको कार्यलाई शीघ्र र गतिशील बनाउने निर्णय गरेको छ।

प्रकाशित: ३ साउन २०८१ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =